एमालेको माग अनुसार मतपत्र नबदलिने, चुनाव चिन्ह हरियो नै हुने
काठमाडौं । यस अघिका चुनावमा निलो मतपत्र प्रयोग हुँदै आएकोमा अबको चुनावमा भने हरियो पत्रमत प्रयोग हुने भएको छ । निर्वाचन आयोगले प्राविधिक समितिले दिएको सुझावका आधारमा सेता कागजमा हरियो रङ्गको निर्वाचन चिन्ह हुने आयोगले प्रष्ट्याएको हो । चिन्ह र विवरण छपाइ गर्न आवश्यक प्रक्रिया अघि बढाइसकिएको आयोगले प्रष्ट पारेको छ ।
आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी तुल्याउने वातावरण तयार गर्न मतदानको महत्व, मतदान गर्ने तरिकालगायतका विषयमा मतदातालाई सुसूचित गर्ने पहलका लागि सहयोग पु¥याउन आयोगले राजनीतिक दलसँग अपेक्षा गरेको छ । निर्वाचन आचार संहिता पालनामा राजनीतिक दलको महत्वपूर्ण भूमिका रहने जनाउँदै आयोगले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने सिलसिलामा सुझाव र पृष्ठपोषण प्राप्त हुने अपेक्षा गरेको छ ।
आयोगले निर्वाचनमा भाग लिने १८ राजनीतिक दलसँग छलफल गरी निर्वाचन चिन्हको रङ्ग परिवर्तन नहुने जनाएको हो ।
आयोगले यस अघि मतपत्रमा र स्वस्तिक छाप दुवै निलो हुँदा मतगणनामा अप्ठ्यारो भएको भन्दै फरकफरक बनाउने निर्णय लिनुपरेको जनाएको छ ।
तर प्रमुख प्रतिपक्षी दल एमालेले आयोगको यो निर्णयप्रति आपत्ति जनाउँदै आएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया