NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

एमसिसी स्थगित गरी राष्ट्रिय सहमति कायम गरौं : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमसिसी आर्थिक साहयता मात्र नभएकाले बहसलाई स्थगित गरी राष्ट्रिय सहमतिको वातावरण बनाउन आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधि सभामा एमसिसी सम्बन्धमा छलफलमा भाग लिँदै उनले शान्तिपूर्ण वातावरमा राष्ट्रिय सहमति आवश्यक भएको जिकिर गरे ।

एमसिसीलाई संसदमै मान्यता दिनुको अर्थ के हो भन्नेबारे जन जनले प्रश्न गरेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

‘एकतर्फी व्याख्यात्मक घोषणा अमेरिकाले मान्छ कि मान्दैन यो खालि सत्तामा लिसो साँसिए जस्तै टाँसिन सम्झौताको दुरुपयोग नगरियोस्’ उनले भने, ‘राष्ट्रिताको विषयमा बच्चाबच्ची जस्तो खेलाचीँ नगरौं ।’

ताजा अपडेट

नेपालवाच विशेष