विवादित विषयमा सरकारले १२ बुँदामा व्याख्या गरेपछि एमसिसी संसदबाट अनुमोदन

काठमाडौं । केही विषयमा व्याख्यात्मक घोषणा गरेपछि प्रतिनिधिसभाले एमसिसीलाई बहुमतले अनुमोदन गरेको छ । आइतबार एकैदिन २ पटक बसेको संसद बैठकले अमेरिकी आर्थिक सहयोगको एमसिसी सम्झौतालाई ध्वनीमतबाट अनुमोदन गरेको हो ।
विस्तृत छलफलपछि उठेका प्रश्नपछि सरकारका तर्फबाट जवाफ दिंदै अर्थमन्त्री जनार्दन शर्माले एमसिसी आर्थिक सहयोग मात्रै भएको बताए । कुनै सैन्य र रणनीतिक सहयोग नभएको उनले प्रष्ट्याए ।
सत्तारुढ दलबाटै माग भएपछि मन्त्रिपरिषद् बैठकले एमसिसीका सैन्य सवाल, कानुनी पक्ष जस्ता विषयमा व्याख्यात्मक घोषणा १२ बुँदामा व्याख्या गर्दै स्वीकृत गरेपछि प्रतिनिधिसभा बैठकले एमसिसी सम्झौतालाई बहुमतबाट पारित गरेको हो ।
ताजा अपडेट
-
कमला नदीमा दुई लाख माछाका भुरा छोडियो
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
प्रतिक्रिया