NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ९ गते

एमसिसी पारित नगर्दा संविधान नै नबच्ने स्थिति देखा पर्‍यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीका कारण प्राप्त उपलब्धि समाप्त हुने खतरा देखिएपछि व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गरेको जिकिर गरेका छन् ।

‘एमसिसीले संविधान नै नबच्ने स्थिति देखाप¥यो । गठबन्धन सरकार भत्केर नयाँ सरकार आउने कुरा भएन । राष्ट्रियता नै खतरा पर्ने संकेत भएपछि विभिन्न विकल्प खोज्दै जाँदा अमेरिका निवासी डा. सूर्यप्रसाद सुवेदीले चिठी मेरोमा आइपुग्यो । त्यो चिठी प्राप्त भएपछि मेरो मनोबल बढेकोले स्वीकार गरेका हुँ’, सोमबार पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिएका छन् ।

प्रचण्डले आफ्नो निर्णयले देश ठूलो राजनीतिक दुर्घटनाबाट बचेको दाबी गरे । एमसिसी अनुमोदन भएपछि संविधान, लोकतन्त्र र व्यवस्था जोगिएको उनको भनाइ छ ।