जब प्रचण्डले अमेरिकाबाट सूर्यप्रसादले पठाएको चिठी पाए…

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकानिवासी डा. सूर्यप्रसाद सुवेदीको चिठीका कारण आफू एमसिसी पारित गर्न राजी भएको बताएका छन् ।
एमसिसीबारे स्पष्टीकरण दिन सोमबार आफ्नै निवास खुमलटारमा आयोजना भएको पत्रकार सम्मलेनमा उनले यस्तो बताएका हुन् ।
‘एमसिसीले संविधान नै नबच्ने स्थिति देखाप¥यो । गठबन्धन सरकार भत्केर नयाँ सरकार आउने कुरा भएन । राष्ट्रियता नै खतरा पर्ने संकेत भएपछि विभिन्न विकल्प खोज्दै जाँदा अमेरिका निवासी डा. सूर्यप्रसाद सुवेदीले चिठी मेरोमा आइपुग्यो । त्यो चिठ्ठी प्राप्त भएपछि मेरो मनोबल बढेकोले स्वीकार गरेका हुँ’, उनले भने ।
प्रचण्डले आफ्नो निर्णयले देश ठूलो राजनीतिक दुर्घटनाबाट बचेको दाबी गरे । एमसिसी अनुमोदन भएपछि संविधान, लोकतन्त्र र व्यवस्था जोगिएको उनको भनाइ छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया