अमेरिकाले व्याख्यात्मक टिप्पणी नमाने एमसिसी खारेज हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली संसद्बाट अनुमोदन भएको व्याख्यात्मक टिप्पणीसहित पारित एमसिसी सम्झौता अमेरिकाले नमाने खारेज हुने बताएका छन् ।
सोमबार आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गरी उनले पूरक प्रस्तावसहित एमसिसी सम्झौता अमेरिकाले नमाने खारेज हुने जिकिर गरेका हुन् । उनले अन्तर्राष्ट्रिय भियान सन्धिको आधारमा ख्यातिप्राप्त अधिवक्ताहरूको सुझावलाई समेटी पूरक प्रस्तावसहित सम्झौता संसद्बाट पारित भएकाले अर्को पक्षले बाध्य भएर मान्नुपर्ने बताए ।
‘यो कुनै रहस्यलाई छुपाएर एमसिसी पारित गरिएको होइन । संसारकै ख्यातिप्राप्त कानूनविदसँग परामर्श गरेर पूरक प्रस्ताव तयार गरेको हो’, उनले भने, ‘संसदबाट पूरक प्रस्तावसहित पारित भएकाले सम्झौताको दोस्रो पक्ष मान्न बाध्य हुनेछ । नमाने खारेज हुन्छ ।’
व्याख्यात्मक टिप्पणीसहित पारित सम्झौतामा अमेरिकी अधिकारीसमेत सकारात्मक रहेको जिकिर गरेका छन् ।
ताजा अपडेट
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
प्रतिक्रिया