एमसिसीको समर्थन गर्दै ओलीले भने व्याख्यात्मक घोषणाको कुनै अर्थ छैन
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले अमेरिकी सहयोग एमसिसी पास गर्नु उचित भए पनि व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको बताएका छन् ।
एमसिसीबारे पार्टीको धारणा प्रष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा ओलीले एमसिसीमाथिको तथाकथित व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको बताए । आफूहरूसँग परामर्श पनि नगरिएको र संसदमा भाग लिने वातावरण पनि नबनाइएको आरोप ओलीले लगाए । सबै श्रेय आफैं लिन खोजेर सत्तारुढ दल अघि बढेको बताए ।
एमसिसी पारित भइसकेपछि अब कार्यान्वयमा लाग्नुपर्ने धारणा एमालेले अघि सारेको छ । ‘एमसिसी पारित भइसक्यो । अब यसलाई कार्यान्वयनमा लानुपर्छ । राष्ट्रिय हित र देशको विकासको पक्षमा हुनुपर्छ । नेपालको सार्वभौमसत्ता र स्वतन्त्रमा अलिकति पनि तलमाथि नपर्ने गरी कार्यान्वयन हुनुपर्छ । सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय स्वाधिनता तलमाथि पार्न खोजियो भने एमालेले मान्दैन ।’ ओलीले भने ।
ओलीले मित्रराष्ट्र र दातृ राष्ट्र, सहयोगी संस्थासँग सुमधुर सम्बन्ध राख्ने ओलीले बताए ।
एमसिसीकै बारेमा अनर्गल प्रचार गर्ने, आन्दोलन गर्ने जस्ता विषय सत्ता जोगाउन अस्त्र भएको आरोप ओलीले लगाए ।
पत्रकार सम्मेलनमा ओलीले बोल्नु अघि नेता प्रदीप ज्ञवालीले पार्टीको तर्फबाट जारी विज्ञप्ति पढेर सुनाएका थिए । विज्ञप्तिमा एमालेलाई संसदमा छलफल गर्ने वातवरण नबनाइएको, भुराजनीतिको विषय बनाएको आरोप लगाइएको छ ।
एमसिसी पारित भइसकेपछि अब कार्यान्वयमा लाग्नुपर्ने धारणा एमालेले अघि सारेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया