NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

एमालेको निष्कर्ष, ‘ओलीलाई प्रधानमन्त्रीबाट हटाउनमात्रै एमसिसी विवाद झिकिएको थियो’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनमात्रै अमेरिकी परियोजना एमसिसीबारे विवाद झिकिएको जनाएको छ ।

एमसिसीबारे आफ्नो धारणा राख्ने उद्देश्यले आज विज्ञप्ति जारी गर्दै एमालेले यस्तो बताएको हो ।

‘एउटा तथ्यमा हामी सबै स्पष्ट हुनुपर्छ, एमसिसीसम्बन्धी मुद्दा तत्कालीन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्ने लक्ष्यसहित विकृत रुपमा शुरु गरिएको योजनाबद्ध दुष्प्रचार थियो । गलत मनशायमा आधारित त्यस ‘अभियान’ले झण्डै तीन वर्षदेखि नेपाली जनमानसलाई अनावश्यक ढङ्गले गिजोल्यो, विभाजित ग¥यो’, विज्ञप्तिमा भनिएको छ ।

कुत्सित स्वार्थपूर्तिको लागि चलाइएको अफवाह र हल्लैहल्लामा सिर्जना गरिएको कृत्रिम विवादमार्फत् नेपाली–नेपालकाबीच एकापसमा अविश्वासको अकल्पनीय खाडल खडा गरेको एमालेको भनाइ छ ।

‘एमसिसी विवाद यसरी उछालियो कि त्यसले नेपाल राष्ट्रको सामथ्र्यलाई उपेक्षा ग¥यो र नेपाली स्वाभिमानको समेत तेजोबध ग¥यो । मुलुकलाई माया गर्ने र विकास तथा समृद्धिको सपना बोकेका नेताप्रति द्वेषपूर्ण अभिव्यक्तिको लागि सिङ्गो समाजलाई उकास्यो’, विज्ञप्तिमा उल्लेख छ, ‘कुत्सित स्वार्थपूर्तिको लागि चलाइएको अफवाह र हल्लैहल्लामा सिर्जना गरिएको कृत्रिम विवादमार्फत् नेपाली–नेपालकाबीच एकापसमा अविश्वासको अकल्पनीय खाडल खडा ग¥यो ।’