एमसिसीबारे प्रष्ट पार्ने क्रममा माधवले ओलीलाई लगाएका ३ आरोप
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी परियोजना एमसिसीलाई लिएर एमाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोहोरो चरित्र निभाएको आरोप लगाएका छन् ।
एमसिसी अडाडि बढाउन यसअघि अग्र मोर्चामा रहेका ओली अहिले पारित गर्ने बेला मुकदर्शक भएर बसेको उनले अरोप लगाए ।
‘एमसीसी अगाडि बढाउन जसले पहिले सबै तमासा ग¥यो, ऊ अहिले मुकदर्शक भएर बस्यो’, एमसिसीबारे प्रस्ट पार्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपालले भने, ‘न समर्थन, न विरोध । एउटा प्रहसन र तमासाजस्तो ।
नेपालले आफ्नो पार्टीको अस्तित्व देखेर ओली विचलित भएको अरोपसमेत लगाए ।
यी हुन् ३ आरोप :
१. यसअघि एमसिसी अघि बढाउन जोडबल गरेका ओली अहिले पारित गर्ने बेला मुकदर्शक बनेर द्वैध चरित्र देखाए ।
२. हाम्रो पार्टीको अस्तित्व देखेर ओली विचलित भए ।
३. आफ्नो पार्टीबारे अदालतमा समेत विषय गएकाले संसद्मा त्यसलाई उठान पाइँदैन । तर, ओली एण्ड कम्पनीले संसद्मा उठाएर संविधान, ऐनको उल्लंघन गर्ने काम गरिहेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया