NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

यी हुन् राप्रपा अध्यक्षले मनोनित गरेका अभिनेत्री रेखासहित १४ केन्द्रीय सदस्य

काठमाडौं । अभिनेत्री रेखा थापासहित १४ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

उनीहरूलाई अध्यक्ष राजेन्द्र लिङ्देनले आज मनानित गरेको प्रवक्ता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

मनानित हुने सबै महिला छन् । जसमा इलामकी लीलादेवी श्रेष्ठ, नवलपुरकी विन्दु पौडेल, धनुषाकी प्रेक्षा मल्ल, सर्लाहीकी मीना झा, सुर्खेतकी सन्तोषी शाही ठकुरी, रूपन्देहीकी स्वाती थापा र कपिलवस्तुकी पुष्पा रजौरिया छन् ।

यस्तै, काठमाडौंकी लक्ष्मी तण्डुकार, उदयपुरकी समृद्धि राणा, चितवनकी मीना न्यौपाने, धादिङकी शान्ति माया गुरुङ, सप्तरीकी जयाकुमारी महतो र काठमाडौंकी सावित्रा थापा पनिज राप्रपाको केन्द्रीय सदस्य मनोनित भएका छन् ।

राप्रपामा १९९ जनाको केन्द्रीय कार्यसमिति रहने प्रावधान छ ।

महाधिवेशनबाट ९ पदाधिकारी र १४१ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । ५० जना अध्यक्षले मनोनित गर्न पाउँछन् । सोहीअनुसार यसअघि अध्यक्ष राजेन्द्र लिङ्देनले ३२ जना मनोनित गरिसकेका छन् भने आज थप १४ जना मनोनित गरेका हुन् ।