चीनविरोधी देउवालाई सबै वाम मिलेर हराउनुपर्छ : पूर्वराजदूत श्रेष्ठ

काठमाडौं । कूटनीतिज्ञ तथा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले नेपालका सबै वामपन्थीहरू मिलेर नेपाली कांग्रेसलाई पराजित गर्नुपर्ने टिप्पणी गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु नहुने भन्दै वामपन्थीहरू मिलेर अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनको पार्टीलाई हराउनुपर्ने सनसनीपूर्ण टिप्पणी गरे ।
‘एमसिसी फेल खुवाउनु पर्दथ्यो । राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हुँदैन । सबै वाम मिलेर देउवालाई हराउनुपर्छ’, उनले भने, ‘चीनविरोधी अमेरिकी समर्थक फरेन पोलिसी अपनाउनेलाई दण्डित गराउनुपर्छ । नेपालले स्वाधिन भएर असल छिमेकी भएर बस्नुपर्छ ।’
उनले रुस–युक्रेन युद्धमा भारत र चीन तटस्थ बसेको बेला नेपालले युक्रेनको बारेमा प्रो–अमेरिकन वक्तव्य दिएको टिप्पणी गरे ।
‘हामी बल प्रयोगको विपक्षमा छौं । युक्रेनमा भएको घट्नाले हामीलाई असर परिसकेको छ । युक्रेनमा रहेका हाम्रा नेपालीहरुको रोजगारी खत्तम भयो, उनीहरुको पढाइ डिस्टर्ब भयो । यता नेपालमा तेलको भाउ बढ्ने भयो । अब विश्वमा महँगी बढ्छ, अभाव हुन्छ’, उनले भने ।
ताजा अपडेट
-
कङ्गोमा डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु
-
नागरिकप्रतिको दायित्व निर्वाह गर्न कटिबद्ध छु : गृहमन्त्री लेखक
-
माधव नेपालको सांसद पद निलम्बित भएको संसदमा जानकारी
-
भिजिट भिसा प्रकरणमा गृहमन्त्री र कर्मचारी संलग्न भएको यथेष्ट प्रमाण रहेको रास्वपाको दाबी
-
संसद्मा गृहमन्त्रीको जवाफ- भिजिट भिसामा मेरो संलग्नता छैन, कर्मचारीको बदमासीमा राजीनामा दिनु पर्दैन
प्रतिक्रिया