चीनविरोधी देउवालाई सबै वाम मिलेर हराउनुपर्छ : पूर्वराजदूत श्रेष्ठ
काठमाडौं । कूटनीतिज्ञ तथा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले नेपालका सबै वामपन्थीहरू मिलेर नेपाली कांग्रेसलाई पराजित गर्नुपर्ने टिप्पणी गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु नहुने भन्दै वामपन्थीहरू मिलेर अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनको पार्टीलाई हराउनुपर्ने सनसनीपूर्ण टिप्पणी गरे ।
‘एमसिसी फेल खुवाउनु पर्दथ्यो । राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हुँदैन । सबै वाम मिलेर देउवालाई हराउनुपर्छ’, उनले भने, ‘चीनविरोधी अमेरिकी समर्थक फरेन पोलिसी अपनाउनेलाई दण्डित गराउनुपर्छ । नेपालले स्वाधिन भएर असल छिमेकी भएर बस्नुपर्छ ।’
उनले रुस–युक्रेन युद्धमा भारत र चीन तटस्थ बसेको बेला नेपालले युक्रेनको बारेमा प्रो–अमेरिकन वक्तव्य दिएको टिप्पणी गरे ।
‘हामी बल प्रयोगको विपक्षमा छौं । युक्रेनमा भएको घट्नाले हामीलाई असर परिसकेको छ । युक्रेनमा रहेका हाम्रा नेपालीहरुको रोजगारी खत्तम भयो, उनीहरुको पढाइ डिस्टर्ब भयो । यता नेपालमा तेलको भाउ बढ्ने भयो । अब विश्वमा महँगी बढ्छ, अभाव हुन्छ’, उनले भने ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया