बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु
काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनपछि पहिलो पटक सत्ताधारी दल बैठकमा बसेका हुन् ।
छलफलमा अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरू सहभागी छन् ।
संवैधानिक तथा राजनीतिक नियुक्तिसँगै स्थानीय तह निर्वाचनलगायत एजेण्डामा छलफल हुने नेताहरूले बताएका छन् ।


प्रतिक्रिया