राप्रपाले भन्यो, ‘व्याख्यात्मक घोषणा एमसिसीको अंग नै होइन’
काठमाडौं । चारवटा सत्तारुढ दलले व्याख्यात्मक घोषणा गरेपपछि विवादित अमेरिकी परियोजना एमसिसी गत आइतबार संसद्बाट पारित भयो । त्यसलाई लिएर समग्र देश नै विभाजित छ ।
विशेषगरी सना दलहरू एमसिसीको विपक्षमा देखिएका छन् । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद्बाट अनुमोदन गर्ने क्रममा सँगसँगै पारित गरिएको व्याख्यात्मक घोषणा एमसिसी सम्झौताको अंग नरहेको निष्कर्ष निकालेको छ ।
फागुन १८ र १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमिति वैठकले सो निष्कर्ष निकालेको बैठकपछि प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘व्याख्यात्मक घोषणा एमसिसीको कानूनी अंग नभएको राप्रपाको निष्कर्ष छ । एमसिसी यथास्थितिमा पारित गरिनु हुँदैनथ्यो भन्ने राप्रपाको अडान कायमै छ’, विज्ञप्तिमा उल्लेख छ ।
बैठकले अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।
राप्रपाको बैठकमा निवर्तमान अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीसमेत सहभागी थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया