ठाउँ नपुगेर राष्ट्रिय सभामा बसेको बैठकमा एमसिसीबारे ब्रिफिङ गर्दै प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रको दोस्रो केन्द्रीय कमिटी बैठक दुई महिनापछि शुक्रबार काठमााडौंको राष्ट्रिय सभामा सुरू भएको छ ।
आठौं महाधिवेशनपछि पुस १९ मा बसेको पहिलो केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएपछि पटक–पटक स्थगित हुँदै आएको थियो ।
आजको बैठकको सुरूमै व्याख्यात्मक टिप्पणीसहित पारित भएको एमसिसी सम्बन्धमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरूलाई जानकारी दिने कार्यक्रम तय भएको नेता मात्रिका यादवले जानकारी दिएका छन् । उनका अनुसार एमसिसी पार्टीको निर्णयअनरूप पास भएकाले नेताहरूले विरोध गर्नु आवश्यक छैन ।
पार्टीको आठौं महाधिवेशनले संशोधन नभइ एमसिसी सम्झौता पारित हुन नसक्ने निर्णय गरेको थियो । तर, अन्तिम समयमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेकोमा नेता नारायणकाजी श्रेष्ठलगायत नेताहरू असन्तुष्ट रहेका छन् ।
माओवादी केन्द्रमा २३६ जना केन्द्रीय सदस्य छन् । ठाउँ नपगेर राष्ट्रिय सभामा बैठक राख्नुपरेको हो ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया