NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

कांग्रेसको चितवन सभापतिमा खनाल विजयी

चितवन । नेपाली कांग्रेसको चितवन जिल्ला सभापतिमा राजेश्वर खनाल विजयी भएका छन् ।

विजयी हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने भए पनि पहिलो चरणअन्तर्गतको निर्वाचनमा कुनै पनि उम्मेदवार यो संख्या ल्याउन असफल भएका थिए ।   त्यसपछि प्रतिस्पर्धा दोस्रो चरणमा प्रवेश गरेको थियो । तर सभापतिका प्रत्यासी मिलनबाबु श्रेष्ठले प्रतिस्पर्धा नगरेर खनाललाई समर्थन गरे ।

सभापतिमा खनाल विजयी भए पनि अन्य पदको मतगणना हुन भने बाँकी छ ।