NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

एमसिसी विवाद एकीकृत समाजवादीमा पनि बल्झियो, दुवै बैठक बोलायो

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौताबारे पार्टीभित्र चुलिएको विवादबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ ।

उमहासचिव एवं पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार स्थानीय तहको चुनाव तथा एमसिसीबारे छलफल गर्न फागुन २३ मा पोलिटब्यूरो र २५ गते केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

बैठक नयाँ बानेश्वरस्थित अपर्ण पार्टी प्यालेसमा बस्ने खतिवाडाले जानकारी दिए । पार्टी निर्णय विपरित अध्यक्ष माधव कुमार नेपालले व्याख्यात्मक टिप्पणीसहित एमसिसी सम्झौत पास गर्न सहमति दिएपछि सम्मानित नेता झलनाथ खनालसहितका नेताहरूले नेतृत्वको चर्को आलोचना गरेका छन् ।

उपाध्यक्ष केशवलाल श्रेष्ठले पार्टी निर्णय विपरित एमसिसी अनुमोदन गर्नु दुर्भाग्य भएको टिप्पणी गरेका छन् । ‘पार्टीको दृष्टिकोण संशोधनसहित एमसिसी पास गर्नु हो’, अन्तिम समयमा नेतृत्वले सम्झौता पास गर्न सहमति दिनुभयो । यसले पार्टीभित्र केही असन्तुष्टि पैदा भएको छ । यसै विषयमा आगामी बैठकमा गम्भिर छलफल हुन्छ ।’

सुरूदेखि नै एमसिसीको विपक्षमा उभिएका खनालले व्याख्यात्मक टिप्पणीप्रति असहमित जनाउँदै एमसिसीको विपक्षमा उभिएका थिए ।