प्रचण्डले आफ्नै कान्छी छोरी र ज्वाइँलाई गरे केन्द्रीय सदस्यको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी र ज्वाइँदेखि स्वकीय सचिवसम्मलाई मनोनित केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका छन् ।
सोमबार जारी केन्द्रीय कमिटी बैठकमा प्रचण्डले छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई केन्द्रीय सदस्यमा प्रस्ताव गरेका हुन् । गंगा खस–आर्य महिलातर्फ र जीवन युवातर्फबाट केन्द्रीय सदस्यमा प्रस्ताव गरेका छन् । गंगा प्रचण्डकी कान्छी छोरी हुन् ।
प्रचण्डकी माइली छोरी रेणु दाहाल पहिले नै केन्द्रीय सदस्य भइसकेकी छिन् । उनी भरतपुर नगरपालिकाकी मेयरसमेत हुन् ।
त्यस्तै, प्रचण्डका स्वकीय सचिव रमेश मल्लसमेत प्रस्तावित केन्द्रीय सदस्य छन् । साथै उनले वाइसिएल अध्यक्ष सुमन देवकोटालाई पनि केन्द्रीय सदस्यमा प्रस्ताव गरेका छन् ।
माओवादी केन्द्रले मनोनितमा प्रस्ताव गरेका केन्द्रीय सदस्यको नामावली यस्तो छ
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया