एमालेबाट गाउँपालिका अध्यक्ष जितेका क्षेत्री भन्छन् : अनि मैंले एमाले छोडेर कांग्रेस रोजें
काठमाडौं । स्थानीय तहको चुनावको मुखैमा राजनीतिक दलबाट चुनाव जितेका नेताले पार्टी अदलबदलको प्रयास थालेका छन् ।
एमालेबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्षमा जितेका केदार क्षेत्री अर्को स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच क्षेत्रीसहित अन्य २ नेतालाई कांग्रेसमा प्रवेश गराएका हुन् । एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, एमाले नेता विष्णु तिमिल्सिना सहित दर्जनौ नेता कांग्रेस प्रवेश गरेका हुन् ।
कांग्रेस प्रवेश गरेका उनै क्षेत्रीले आफूले एमाले त्यागी कांग्रेस रोज्नुको कारण नेपालवाचलाई यसरी खुलाएका छन् :
म अघिल्लो स्थानीय तहको चुनावमा एमालेबाट जितेर गाउँपालिकाको अध्यक्ष भएको थिएँ । तर अहिले पाँच वर्ष कार्यकाल पूरा गरेपछि म पार्टी छोडेर कांग्रेसमा प्रवेश गरेको छु । चुनाव जिते लगत्तैदेखि कम्युनिष्ट पार्टीका गतिविधिमा मेरा असहमति थिए । तर जनताको लागि काम गर्छु भनेर विजयी भएपछि कार्यकाल पूरा गर्नुपर्ने मेरो दायित्य थियो ।
एउटा जिम्मेवार नेताले बीचमै छोड्नु हुन्न भनेर कार्यकालको अन्तिममा मैंले एमाले परित्याग गरेर कांग्रेस रोजेको हुँ । एमाले मन नपरेपछि अर्को पार्टी रोज्न पाउनु मेरो मेरो स्वतन्त्रता पनि हो । मेरो अध्ययन र अनुभवले पनि के भन्यो भने अब लोकको प्रगति, उन्नति र मुलुकको भलो र हित गर्ने पार्टी नेपाली कांग्रेस हो । यसैले मेरो रोजाईमा कांग्रेस परेको हो । यो पार्टीमा सहभागी हुन ढिलो गरेकोमा म क्षमायाचना पनि माग्छु ।
अवसर पाएर पनि एमालेले यति लामो समयसम्म गतिलो काम गरेन । राजनीतिक गतिविधिमा सही दृष्टिकोण राखेन । सही अडान लिएन । यसैले यस्तो पार्टीमा बसेर अलमलिनु हुँदैन । सही कुरा र काम यता गर्न सकिन्छ भनेर म कांग्रेसमा प्रवेश गरेको हुँ । एमाले छोडेर कांग्रेसको नेता हुनका लागि म आएको होइन । कांग्रेसको, नीति सिद्धान्त र विचारलाई जनतासमक्ष पुर्याउन म नेपाली कांग्रेसमा प्रवेश गरेका हुँ ।


याे पनि पढ्नुस्
एमालेबाट गाउँपालिका अध्यक्ष जितेका क्षेत्री कांग्रेस प्रवेश
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया