हरियो चुनाव चिन्हप्रति ओलीको आक्रोश
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले हरियो चुनाव चिन्हप्रति आक्रोश व्यक्त गरेका छन् ।
निर्वाचन आयोगले राजनीतिक हिसाबले चुनाव चिन्ह सबै हरियो बनाउन खोजे एमालेलाई मान्य नहुने पनि ओलीले बताए । सबै चिन्ह रुखै रुख देखुन् भनेर हरियो राख्न खोजेको हो भन्दै ओलीले आपत्ति नै जनाएका छन् ।
‘निर्वाचन आयोगले कुन हिसाबले चुनाव चिन्ह हरियो बनाउन खोजेको हो ? के राजनीतिक हिसाबले चुनाव चिन्ह हरियो बनाउन पाइनछ ?’ ओलीले आपत्ति जनाउँदै भने, ‘कसैको चुनाव चिन्ह हरियो छ भन्दै आयोगले सबै चिन्हलाई रुखैरुख देखुन् भनेर हरियो बनाउन खोजिएको हो ?’
यसबारे आफूले आयोगसँग कुरा नगरेको भन्दै यदि साँच्चै निर्णय भएको हो भने सच्याउन माग गरे । एमालेविरुद्ध अदालत, सभामुख र निर्वाचन आयोग सिलसिलावद्ध लागेको भन्दै उनले आपत्ति नै जनाए ।
निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै मतपत्रमा चुनाव चिन्ह हरियो रङको हुने जानकारी दिएको थियो ।
यस अघि निर्वाचनमा मतपत्र श्यामश्वेत रङको हुने गथ्र्यो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया