NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

हरियो चुनाव चिन्हप्रति ओलीको आक्रोश

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले हरियो चुनाव चिन्हप्रति आक्रोश व्यक्त गरेका छन् ।

निर्वाचन आयोगले राजनीतिक हिसाबले चुनाव चिन्ह सबै हरियो बनाउन खोजे एमालेलाई मान्य नहुने पनि ओलीले बताए । सबै चिन्ह रुखै रुख देखुन् भनेर हरियो राख्न खोजेको हो भन्दै ओलीले आपत्ति नै जनाएका छन् ।

‘निर्वाचन आयोगले कुन हिसाबले चुनाव चिन्ह हरियो बनाउन खोजेको हो ? के राजनीतिक हिसाबले चुनाव चिन्ह हरियो बनाउन पाइनछ ?’ ओलीले आपत्ति जनाउँदै भने, ‘कसैको चुनाव चिन्ह हरियो छ भन्दै आयोगले सबै चिन्हलाई रुखैरुख देखुन् भनेर हरियो बनाउन खोजिएको हो ?’
यसबारे आफूले आयोगसँग कुरा नगरेको भन्दै यदि साँच्चै निर्णय भएको हो भने सच्याउन माग गरे । एमालेविरुद्ध अदालत, सभामुख र निर्वाचन आयोग सिलसिलावद्ध लागेको भन्दै उनले आपत्ति नै जनाए ।

निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै मतपत्रमा चुनाव चिन्ह हरियो रङको हुने जानकारी दिएको थियो ।
यस अघि निर्वाचनमा मतपत्र श्यामश्वेत रङको हुने गथ्र्यो ।