NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते
माधवका एकैदिन दुई बोली :

भाषणमा भने, ‘एमसिसीबारे नबोल्नू’, प्रतिवेदन भन्छ, ‘एमसिसीमा विवादित विषय छन्’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी परियोजना एमसिसीबारे एकैदिन दुईवटा बोली बाेलेका छन् ।

बुधबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा नेता नेपालले एमसिसीविरुद्ध नबोल्न नेता–कार्यकर्तालाई कडा निर्देशन दिएका थिए ।

नेता नेपालले एमसिसीविरुद्ध पहिले सामाजिक सञ्जालमा लेखेका विचार र प्रतिक्रियासमेत मेट्न आग्रह गरेका थिए ।

तर, सोही दिन बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा भने अध्यक्ष नेपालले बोली फेरेका छन् ।

नेपालले आफ्नो प्रतिवेदनमा समाजवादी चीनले गरेको दु्रतदर आर्थिक वृद्धिबाट अतालिएका अमेरिकालगायत पश्चिमा राष्ट्रले त्यसलाई अवरोध गर्न प्रयत्नशील रहेको आरोप लगाएका छन् ।

त्यही शिलशिलामा चीनले अगाडि सारेको अन्तर्राष्ट्रिय विकास साझेदारी (बिआरआई) कार्यक्रमलाई रोक्न पश्चिमा नेटो संगठन गोलबन्द हुन लागेको र हिन्द प्रशान्त रणनीति अगाडि सारेको प्रतिवेदनमा उल्लेख छ ।

नेता नेपालले अमेरिकी परियोजना एमसिसी सुरुमा हस्ताक्षर गर्दा विवादित बुँदा नभएको र पछि थप भएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । केपी ओली नेतृत्वको सरकार बन्नु अघिसम्म एमसिसी संसद्बाट अनुमोदन गर्ने बुँदा नभएको जिकिर गर्दै उनले ओली नेतृत्वको सरकारले संसदमा पेश गरेको आरोप लगाएका छन् ।

उनले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि एमसिसीले फेरी विवाद सतहमा आएपछि पार्टीले झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल गठन गरेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

कार्यदलले एमसिसी सम्झौतामा ११ बुँदा आपत्तिजनक भएको बताएपछि यथास्थितिमा एमसिसी पास नगर्ने पार्टीले निर्णय गरेको आफ्नो नेता नेपालले प्रतिवेदनमा उठाएका छन् ।

माधव नेपालको ८ बुँदे राजनीतिक प्रतिवेदनका के छ ?