NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

माओवादीलाई ‘चमेरो’ भन्दै होच्याएका गगनलाई प्रचण्डले दिए जवाफ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना विरूद्धमा अपमानजनक शब्द प्रयोग नगर्न कांग्रेसका नेताहरूलाई चेतावनी दिएका छन् ।

वाग्मती प्रदेशले आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई बुधबार गोदावरीमा सम्बोधन गर्दै प्रचण्डले आपत्ति जनाएका हुन् । केही दिनअघि कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रलाई हात्तीको कानमा बसेको चमेरा भएको टिप्पणी गर्दै आगामी चुनावमा माओवादीलाई कुनै ठाउँ नभएको अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिप्रति प्रचण्डले आक्रोश पोख्दै भने, ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री हामीले बानाएका हौं । हाम्रो अपमान गर्ने छुट कांग्रेसका नेताहरूलाई छैन । हामी अझै पनि गठबन्धनको पक्षमै छौं । पार्टी विशेष दललाई होच्याउने अभिव्यक्ति हामीहरूलाई शह्य छैन ।’

जेठसम्मका लागि केन्द्रीय कमिटी बैठक स्थगित गरेका प्रचण्डले स्थानीय तह तयारी सम्बन्धमा रणनीति बनाउन वाग्मती प्रदेशबाट राजनीतिक प्रशिक्षण थालेको हो ।

 

ताजा अपडेट

नेपालवाच विशेष