NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

चुनावी घोषणापत्र बनाउँदै एमाले, गठबन्धन विरूद्ध देशव्यापी भाण्डाफोर गर्ने

काठमाडौं । स्थानीय तहको चुनावलाई लक्षित गरी सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावी घोषणा पत्र तयारीमा जुटेको छ ।

सरकारले बैशाख ३० मा स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि फागुन १ देखि १७ सम्म सातै प्रदेशमा चुनावलाई लक्षित गरी कार्यक्रम सम्पन्न गरिसकेको छ । थप चुनावी अभियान सञ्चालन गर्ने जिम्मा प्रदेश कमिटी र जिल्ला कमिटीलाई दिएको संगठन विभाग प्रमुख खगराज अधिकालेले बताएका छन् ।

उनका अनुसार थप कार्यक्रम र चुनावी घोषणपत्र बनाउन बिहीबार सचिवालयको बैठक बस्दैछ । जिल्ला-जिल्लाको पालिकासम्म चुनावी अभियान सञ्चालन गर्न एमालेले विभिन्न समिति बनाएको छ । ‘गठबन्धन विरूद्ध एमालेले सशक्त कार्यक्रम लिएर जनतामाझ जान्छ । सुखी नेपाली समृद्ध नेपालको नारालाई अझै परिष्कृतरूपमा अगाडि लैजान्छौं’, अधिकारीले भने, ‘गठबन्धनका कारण लोकतन्त्र संकटमा रहेको छ । गठबन्धन विरुद्ध हामी सशक्त ढंगले भण्डाफोर गरेर जान्छौं ।’

एमालेप्रति जनताको आकर्षण देखेर सिद्धान्त र दिशाहिन गठबन्धनका दलहरू डराइराखेको जिकिर गरेका छन् । ‘एमाले सरकारबाट हट्ने वित्तिकै बाटोघाटो, विकास निर्माणका कामहरू सबै अवरुद्ध छन्’, उनले भने, ‘हामीले गरका सबै राम्रा कामहरू लिएर जान्छौं । त्यस्तै गठबन्धनले गरेका विकृतिहरूको भण्डाफोर गछौंं ।’

उनले लोकतन्त्र विरोधी राष्ट्रघाति गठबन्धन दल बाहेक अन्य दलहसंग आवश्यकता अनुसार चुनावी तालमेल हुन सक्ने बताएका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष