NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

गठबन्धनकै बलमा प्रधानमन्त्री भएको हुँ, फेरि चुनावी तालमेल गर्छु : देउवा

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति आफू गठबन्धन दलकै सहयोगमा प्रधानमन्त्री भएको भन्दै फेरि मिलेर अघि बढ्ने बताएका छन् । पर्सा कांग्रेस नेतृत्वको नयाँ कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा देउवाले कसैसँग मिलेर अघि बढे मात्रै कांग्रेसले राम्रो चु्नावी परिणाम हात पार्ने बताए ।

‘मैंले सत्ता गठबन्धन दलकै सहयोगमा प्रधानमन्त्री बन्ने अवसर पाएँ । उहाँहरूको साथ र सहयोग मिल्यो । एमसिसी पनि हामीले मिलेर नै अनुमोदन गर्यौं’ देउवाले भने, ‘कतिपय ठाउँमा समस्या हुन सक्छन् । यसमा आपसी समन्वयमा मिलाउनुपर्ने हुन्छ । तर हामीलाई चुनावमा कसै न कसैसँग मिल्नुपर्ने आवश्यकता छ ।’

आफूले नचाहे पनि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीकै सहयोगमा सरकारको नेतृत्व गर्ने अवसर पाएको पनि उनले बताए ।
यसैले सहयोगी दल माओवादी र नेकपा एसलाई आरोपित गर्ने र विभिन्न लाञ्छना लगाउने काम नगर्नं उनले आग्रह गरे । गठबन्धनमा आवद्ध दललाई होच्याउने र जिस्क्याउने नगर्न पनि आग्रह गरे ।

कांग्रेसको प्रमुख प्रतिस्पर्धी एमाले बलियो रहेकोले पनि आवश्यकता हेरेर गठबन्धनलाई चुनावी तालमेलसम्मै लानुपर्ने उनको भनाई थियो । तर कांग्रेसले औपचारिक रुपमा चुनावी तालमेलको नीति लिएको छैन । केन्द्रीय समितिको बैठकबाट एउटा निर्णयमा पुग्ने तयारी कांग्रेसको छ । संस्थापन पक्ष तालमेलको तयारीमा भए पनि इतर पक्षले तालमेलको विपक्षमा उभिएको छ ।