NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

एमालेमा जाने तयारीमा करिश्मा, बालकोट गएरै भेटिन् ओली

काठमाडाैं । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेकी छिन् । उनले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता गरेकी छिन् ।

अभिनेत्री मानन्धर अध्यक्ष ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीलाई लिएर बालकोट पुगेकी जनाएको छ। उनले ओलीसँगको भेटमा पार्टीमा प्रवेशलाई लिएर छलफल भएको बताएकी छिन् । आफू चाँडै पार्टी प्रवेश गर्ने तयारीमा रहे पनि निर्णय गरिनसकेको उनले बताएकी छन् ।

ओलीसँगको भेटघाटको अवसरमा आफूलाई एमालेमा काम गर्ने इच्छा रहेको तर निर्णय भने गरिनसकेको बताएकी छिन् । एमाले प्रवेश गर्ने मनस्थिति धेरै पहिलेदेखि बनाए पनि उचित समय कुरेर बसेको उनले बताएकी छिन्।

यसअघि अभिनेत्री मानन्धरले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमासमेत प्रवेश गरेकी थिइन् । तर असफल भएपछि उनी निष्क्रिय भइन् ।