एमालेमा जाने तयारीमा करिश्मा, बालकोट गएरै भेटिन् ओली
काठमाडाैं । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेकी छिन् । उनले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता गरेकी छिन् ।
अभिनेत्री मानन्धर अध्यक्ष ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीलाई लिएर बालकोट पुगेकी जनाएको छ। उनले ओलीसँगको भेटमा पार्टीमा प्रवेशलाई लिएर छलफल भएको बताएकी छिन् । आफू चाँडै पार्टी प्रवेश गर्ने तयारीमा रहे पनि निर्णय गरिनसकेको उनले बताएकी छन् ।
ओलीसँगको भेटघाटको अवसरमा आफूलाई एमालेमा काम गर्ने इच्छा रहेको तर निर्णय भने गरिनसकेको बताएकी छिन् । एमाले प्रवेश गर्ने मनस्थिति धेरै पहिलेदेखि बनाए पनि उचित समय कुरेर बसेको उनले बताएकी छिन्।
यसअघि अभिनेत्री मानन्धरले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमासमेत प्रवेश गरेकी थिइन् । तर असफल भएपछि उनी निष्क्रिय भइन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया