नजिकिँदो चुनावी तयारीबारे दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
काठमाडौं । नजिकिंदो स्थानीय तहको निर्वाचनबारे निर्वाचन आयोगले आज राजनीतिक दलहरुसँग छलफल गर्दैछ । स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनमा प्रतिनिधित्व गर्ने दलसँग आयोगले आज छलफल गर्न लागेको हो ।
१८ राजनीतिक दल प्रत्येकबाट दुई दुई प्रतिनिधिसहित आयोगले निर्वाचनको तयारीमा अहिलेसम्म गरेको प्रगति र दलीय सुझाव लिने तयारी गरेको हो । छलफल आज साढे ११ बजे हुँदैछ ।
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा तोकिएपछि अब आयोगले तयारीलाई तीव्र बनाउने तयारी गरेको छ ।
पछिल्लो समय निर्वाचन आयोगले मतपत्रको रङ हरियो बनाउने निर्णय गरेसँगै एमालेले आपत्ति जनाएको छ । यस अघि मतपत्र र स्वस्तिक छाप दुवै निलो भएको हुँदा मतगणनामा अप्ठ्यारो भएको भन्दै आयोगले यसपटकदेखि मतपत्र हरियो र स्वस्तिक छाप निलो हुने गरी तयारी गरेको जनाएको छ । तर कांग्रेसलाई सहज हुने गरी निर्णय आएको भन्दै एमालेले आपत्ति जनाएको छ ।
आयोगले निर्वाचनमा भएको तयारी र दलहरुको सुझाव र गुनासो सुन्न पनि छलफल गर्न खोजिएको जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया