सर्वोच्चमा गोरु ब्यायो, पाँचवटा बाच्छा पायो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परमादेशप्रति लक्षित गर्दै अहिले सर्वोच्च अदालतमा गोरु ब्याएको बताएका छन् ।
प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्चमा गोरु ब्याएर पाँचवटा बाच्छासमेत पाएको टिप्पणी गरे ।
राजनीतिज्ञ स्वर्गीय राजेश्वर देवकोटाको भनाइ स्मरण गर्दै उनले भने, ‘सर्वोच्च अदालतको परमादेशबाट गोरुले अहिलेको सत्ता गठबन्धन नामक पाँचवटा बाँच्छा पाएको छ ।’
ओलीले पाँचवटा बाच्छा भनेर कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा गरी सत्ता गठबन्धनमा रहेका पाँच दललाई लक्षित गरेका थिए ।
ओलीले सेटिङमा सबै काम भइरहेको आरोपसमेत लगाए । उनले संसदले सरकार बनाउने अधिकार परमादेशबाट खोसिएको बताउँदै सोही कारण मुलुक अहिले दुई धारमा बाँडिएको बताए ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया