बागमती प्रदेशसभाको बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज (आइतबार) बस्दैछ । यसअघि पटक–पटक स्थगन भएको बैठक झण्डै तीन महिनापछि आज बस्न लागेको हो ।
बैठक दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी र्दिए । आज बैठक बस्नुअघि बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएकोे उनको भनाइ थियो । उक्त बैठकले आज सदनमा पेश गर्ने कार्यसूची तय गर्ने छ ।
नेकपा (एमाले)को अवरोधका कारण गत पुस ८ गते स्थगन भएको प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गतको बैठक यसअघि पटक–पटक मिति तय भए पनि बस्न सकेको थिएन । यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक पनि विशेष कारण देखाउँदै स्थगन गरिएको थियो ।प्रदेशसभामा हाल १०९सदस्य छन् ।
तीमध्ये एमालेका ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई, जसपाका एक सांसद छन् ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया