हुम्लामा माओवादी र जसपाबीच समायोजन
हुम्ला । जनता समाजवादी पार्टीमा हुम्ला जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने दुई जना केन्द्रीय सदस्यसहित सिङ्गो जिल्ला कार्य समिति र नेकपा माओवादी केन्द्र समायोजन भएको छ ।
केन्द्रीय नीति नभए पनि जिल्लामा केही समयअघि दुई पार्टीबीच जिल्लास्तरमा समायोजन गर्ने सहमतिअनुसार आज घोषणासभा आयोजना गरेर समायोजन भएको हो ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य वीरजङ शाहीले आफूसहित केन्द्रीय सदस्य कालीबहादुर विक, सङ्घीय परिषद् सदस्य जसबहादुर भण्डारी, ८१ सदस्यीय जिल्ला कार्यसमिति र नेकपा माओवादी केन्द्रबीच जिल्लामा पार्टी समायोजन भएको बताए ।
पार्टी समायोजन कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही, माओवादी केन्द्र कर्णाली प्रदेश समितिका अध्यक्ष विमला केसी, हुम्ला जिल्लाका सांसद छक्कबहादुर लामाको उपस्थिति रहेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया