NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

यसकारण प्रधानन्यायाधीशमाथि महाभियोग लगायौं : सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनु परेको बताएका छन् । न्यायालयको नेतृत्व लिने नै असफल भएपछि संविधानसम्मत सुधारको प्रयास थालिएको सिंहको दाबी छ ।

सोमबार राजधानीको मीनभवनमा आयोजित कांग्रेसको एकमहिने ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । नेता सिंहले जनताको घरघरमा पुगेर महाभियोगका विषययमा फैलाएका अनावश्यक भ्रमबारे बुझाउन र कांग्रेसलाई नागरिकका के कस्ता सुझाव छन् बुझेर पार्टीमा जानकारी गराउनसमेत आग्रह गरे ।

अहिलेको गठबन्धन निर्माण कांग्रेसको रहर नभै परिस्थितिजन्य बाध्यता भएको उनको भनाई छ । तत्कालीन सरकाले गरेको असंवैधानिक कामलाई रोक्न र संविधान लाई ट्रयाकमा ल्याउन गठबन्धन बनेकोसमेत उनले बताए । सरकार निर्माणका लागि गठबन्धन बनेको भन्दै चुनावसम्मै गठबन्धन गरेर जानू पर्छ भन्ने विषय उठे पनि पार्टीभित्र यस विषयमा फरक–फरक मत रहेको भन्दै पार्टी एकमहिने कार्यक्रम लिएर जनतामा गएको बताए । एक महिने अभियानबाट जनता कार्यकर्ताले जे सुझाव दिन्छ्न सोहही आधारमा केन्द्रीय समिति बैठक बसेर आवश्यक निर्णय लिने बताए ।

कार्यकर्ता र जन चाहना अनुसारको निर्णय पार्टीले गर्ने भएकाले घर–घर पुग्न र व्यक्ति व्यक्तिलाई भेटेर कांग्रेसको पक्षमा चुनावी माहोल सृजना गर्नसमेत कार्यकर्तालाई आग्रह गरे । अवसर पाएर पनि काम गर्ने नसक्नेहरुलाई मत दिंदा मुलुक र जनताले दुःख पाएको उनको भनाई छ । अब जस्तो सुकै संकटमा पनि मुलुकलाई निकास र विकास दिने पार्टी कांग्रेस भएको घटनाक्रमले पुष्टि गरेको दाबीसमेत उनले गरे ।

ताजा अपडेट

नेपालवाच विशेष