चुनावी रणनीति तय गर्न एमालेको तीन वटा महत्वपूर्ण बैठक बोलाउने तयारी
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनावी रणनीति तय गर्न पार्टी कमिटीको तीन वटा महत्वपूर्ण बैठक बोलाउने भएको छ । सोमबार बसेको केन्द्रीय कार्यलय बैठकको म्याण्डेट अनुसार मंगलबार बस्ने सचिवालय बैठकले एजेण्डा तय गर्न लागिएको हो ।
आज दिउँसो बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी र पोलिटब्यूरो बैठकमा प्रस्तुत हुने एजेण्डाबारे निर्णय हुने सचिव पद्यमा अर्यालले जानकारी दिइन् । ‘हाम्रो सम्पूर्ण ध्यान स्थानीय तहको चुनावमा केन्द्रित हुन्छ । त्यससम्बन्धमा पार्टीले मापदण्ड कायम गर्छ’, अर्यालले भनिन्, ‘पार्टीको तीन वटा महत्पूर्ण बैठकको मिति तोक्ने र एजेण्डा तयबारे सचिवालय बैठकले निर्णय गर्नेछ ।’
यस्तो छ सचिवालय बैठकको एजेण्डा :
– केन्द्रीय कमिटीको बैठक, स्थायी कमिटीको बैठक र पोलिटब्यूरोको बैठकका एजेण्डा तय गर्ने
– स्थानीय तहको निर्वाचनको तयारी गर्ने
– अहिलेसम्म भएको संगठनात्मक कामको रिर्पोटिङ गर्ने
– वर्तमान राजनीतिको समिक्षा र आगामी कार्यदिशा तय गर्ने
– स्थानीय तहमा उठ्ने उम्मेद्वारहरूलाई टिकट वितरण सम्बन्धि मापदण्ड तय गर्ने
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया