संघीय संसद्को चालु अधिवेशन अन्त्य
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन आजदेखि अन्त्य गरेकी छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को आजको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गरेको संघीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयद्वारा आज साँझ जारी सूचनापत्रअनुसार गत फागुन २९ गते प्रतिनिधिसभाबाट यही चैत २ गते बुधबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक र माघ १६ गतेदेखि अर्को सूचना नभएसम्मका लागि स्थगित राष्ट्रियसभा बैठकसमेत अन्त्य भएको छ । प्रतिनिधिसभाको चालु दशौं अधिवेशन मंसिर २८ गते प्रारम्भ भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया