NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

संघीय संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन आजदेखि अन्त्य गरेकी छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को आजको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गरेको संघीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयद्वारा आज साँझ जारी सूचनापत्रअनुसार गत फागुन २९ गते प्रतिनिधिसभाबाट यही चैत २ गते बुधबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक र माघ १६ गतेदेखि अर्को सूचना नभएसम्मका लागि स्थगित राष्ट्रियसभा बैठकसमेत अन्त्य भएको छ । प्रतिनिधिसभाको चालु दशौं अधिवेशन मंसिर २८ गते प्रारम्भ भएको थियो ।