NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

ओलीले किन बोलाए संसदीय दलको बैठक ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

दिउँसो ३ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा समसामयिकक राजनीतिबारे समीक्षा हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले मंगलबार संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । बैठकमा संसद् अधिवेशन अन्त्य सम्बन्धमा समेत छलफल हुने उनले बताए ।

‘संसद् सुरू र अन्त्यको विषयमा बस्ने नियमित बैठक अन्तर्गत संसदीय दलको बैठक बस्न लागिएको हो’, भट्टराईले भने, ‘बैठकमा संसद् अन्त्यको विषयमा पनि छलफल हुनेछ ।’

उनले संसद्मा जारी गतिरोधबारे पुरानै अडान कायम रहेको जिकिरसमेत गरे ।

ताजा अपडेट

नेपालवाच विशेष