NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

स्थानीय तहमा उम्मेदवार छान्न यी हुन् एमालेले बनाएका मापदण्ड

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको चुनावमा राम्रा काम गर्ने उम्मेदवारलाई दोहो¥याउने नीति लिएको छ ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यसअघि स्थानीय तहमा राम्रा काम गर्ने उम्मेदवारलाई दोहोराउने प्रतिबद्धता व्यक्त गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

‘आजको बैठकमा अध्यक्षज्यूले स्थानीय तहको चुनावको तयारीमा लाग्न निर्देशन दिनुभयो । उहाँले राम्रा काम गर्नेलाई दोहो¥याउने प्रतिवद्धता गर्नुभएको छ’, भट्टराईले भने, ‘हामी पूर्णतयारीका साथ चुनावमा होमिन्छौं । यसपट हामीले ६०–७० प्रतिशत सिट संख्या जित्छौं ।’

बैठकमा ओलीले गठबन्धनको भण्डाफोर र एमालेले गरेका राम्रा कामको प्रचार स्थानीय तहसम्म पु¥यान ओलीले निर्देशन दिएको उनले बताए । यस्तै ओलीले उम्मेदवार छनोटमा कुनै विभेद नहुने सांसदहरूलाई प्रष्ट पारेका थिए ।