स्थानीय तहमा उम्मेदवार छान्न यी हुन् एमालेले बनाएका मापदण्ड
काठमाडौं । नेकपा एमालेले स्थानीय तहको चुनावमा राम्रा काम गर्ने उम्मेदवारलाई दोहो¥याउने नीति लिएको छ ।
बुधबार संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यसअघि स्थानीय तहमा राम्रा काम गर्ने उम्मेदवारलाई दोहोराउने प्रतिबद्धता व्यक्त गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
‘आजको बैठकमा अध्यक्षज्यूले स्थानीय तहको चुनावको तयारीमा लाग्न निर्देशन दिनुभयो । उहाँले राम्रा काम गर्नेलाई दोहो¥याउने प्रतिवद्धता गर्नुभएको छ’, भट्टराईले भने, ‘हामी पूर्णतयारीका साथ चुनावमा होमिन्छौं । यसपट हामीले ६०–७० प्रतिशत सिट संख्या जित्छौं ।’
बैठकमा ओलीले गठबन्धनको भण्डाफोर र एमालेले गरेका राम्रा कामको प्रचार स्थानीय तहसम्म पु¥यान ओलीले निर्देशन दिएको उनले बताए । यस्तै ओलीले उम्मेदवार छनोटमा कुनै विभेद नहुने सांसदहरूलाई प्रष्ट पारेका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया