कांग्रेसले हेप्न खोजे चुनावमा एमालेसँग सहकार्य हुनसक्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले पेल्न खोजे चुनावमा एमालेसँग सहकार्य हुन सक्ने संकेत गरेका छन् ।
राजनीतिक तथा वैचारिक प्रशिक्षणका लागि बिहीबार लुम्बिनी प्रदेश पुगेका प्रचण्डले एमालेसँग तालमेल गर्ने वा नगर्नेबारे कांग्रेसको व्यवहारमा भरपर्ने प्रतिकृया दिए ।
‘हामी चुनावसम्म गठबन्धनको पक्षमा छौं । तत्काल एमालेसँग सहकार्यको कुनै सम्भावना छैन । प्रतिगमनको विरुद्ध अहिलेको गठबन्धन बनेको हुनाले कम्तिमा चुनावसम्म गठबन्धन कायमै रहोस् भन्ने पक्षमा छौ’, पत्रकारसँग प्रतिकृया दिँदै उनले भने, ‘कांग्रेसले पेल्न वा हेप्न खोजे एमालेसँग सहकार्य नहोला भन्न सकिदैन । कांग्रेसका केही साथीहरूले चुनावी तालमेल गर्नै हुन्न भनेका छन् । त्यो कांग्रेसकै व्यवहारमा भर पर्छ ।’
उनले चुनाव हुँदैन कि भन्ने कुनै भ्रम नराख्न आग्रह गर्दै गठबन्धनको भर नपरी आफ्नै खुट्टामा उभिने गरी चुनावी तयारीमा जुट्न निर्देशन दिएका छन् ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया