सातै प्रदेशमा अनुगमन टोली पठाउँदै नेकपा एस, को–को जाँदै ?
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सातै प्रदेशमा संगठनात्मक अवस्थाबारे अनुगमन गर्न टोली पठाउने निर्णय गरेको छ । केन्द्रीय कार्यलय नयाँ बानेश्वरमा बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले अनुगमन टोली खटाउने निर्णय गरेको हो ।
बैठकले प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, वाग्मती प्रदेशमा डा. गंगालाल तुलाधर, गण्डकी प्रदेशमा जयन्ती राईलाई पठाउने निर्णय गरेको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा डा. विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव डा. बेदुराम भुसाल र सुदूरपश्चिममा रामचन्द्र झालाई पठाउने निर्णय गरेको प्रवत्ता एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
खतिवडाका अनुसार स्थानीय तहमा संगठनको अवस्था, स्थानीय नेताको रिर्पोटिङ, चुनावका लागि आवश्यक तयारी सम्बन्धमा स्थलगत अध्ययन गरी केन्द्रलाई जानकारी दिइनेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया