प्रचण्डपुत्री रेणुलाई चितवन इञ्चार्जको जिम्मेवारी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को वाग्मती प्रदेशले भरतपुर महानगरपालिकी मेयरसमेत रहेकी केन्द्रीय सदस्य रेणु दाहाललाई पार्टीको चितवन इञ्चार्ज बनाउने प्रस्ताव गरेको छ ।
बिहीबार बसेको वाग्मती प्रदेश कमिटी बैठकले रेणुलाई इञ्चार्ज बनाउने प्रस्ताव गरे पनि केन्द्रले कुनै निर्णय नगरेको अध्यक्ष सरल सहयात्री पौडलले जिकिर गरेका छन् ।
‘उहाँलाई चितवनको इञ्चार्जको जिम्मा दिने वाग्मती प्रदेशले प्रस्ताव गरेको हो,’ उनले भने, ‘केन्द्रले बनाउने निर्णय गरेको छैन ।’
विधानअनुसार, जिल्जा इञ्चार्ज तोक्ने जिम्मा प्रदेशलाई दिएको छ । त्यहीअनुसार, हामीले प्रस्ताव गरेको हौं । अन्य जिल्लाको हकमा कुनै निर्णय भएको छैन ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी रेणुलाई आगामी चुनावमा भरतपुर महानगरपालिकाको मेयरमा दोहो¥याउने प्रवल सम्भावना छ । पुसमा भएको माओवादी केन्द्रले आठौं माहाधिवेशनपछि जिल्ला इञ्चार्ज तोकेको छैन ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया