यस्तो छ निर्वाचन आयोगले पारित गरेको निर्वाचन कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ताको मिति तोकेको छ ।
आयोगले शुक्रबार पारित गरेको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि दुई दिनको समय छुट्याएको हो ।
त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।
त्यस्तै १६ गते उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछ । त्यसैदिन उम्मेदवारको अन्तिम नामावली प्रकासन गर्ने आयोगको कार्यतालिका छ ।
बैशाख १७ गते उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यतालिका छ । बैशाख ३० मा बिहान ७ देखि ५ बजेसम्म मतदानको समय तोकेको छ ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया