माओवादी केन्द्र पहिलो पार्टी बन्ने माहोल बन्दैछ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टी पहिलो पार्टी हुने माहोल बन्दै गएको दाबी गरेका छन् । प्रेस सेन्टर नेपालले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा चुनावी माहोल राम्रो हुँदै गएको दाबी गरेका हुन् ।
पार्टीको राजनीतिक र वैचारिक प्रशिक्षणका लागि आइतबार पोखरा पुगेका उनले देशभरको अवस्था हेर्दा माओवादीको पक्षमा महोल बन्दै गएको दाबी गरे ।
‘चुनावी तालमेल हुन्छ कि भनेर ढुक्क भएर नबस्नोस् । माओवादीले आफ्नै खुट्टामा उभिएर चुनाव जित्नुपर्छ । अरुको बैशाखी टेकेर चुनाव लड्ने होइन’, उनले भने, ‘माओवादीले अन्य पार्टीसँग तालमोल गर्ने होइन । अन्य पार्टीले माओवादीसँग तालमेल गर्ने हो । देशभरको माहोल हेर्दा माओवादी पहिलो पार्टी हुने सम्भावना देखेको छु । चुनावको राम्रो तयारी गर्नोस् ।’
उनले स्थानीय तहको चुनावमा आवश्यकताअनुसार तालमेल हुनसक्ने बताए । तर कांग्रेसका केही जिम्मेवार नेताहरूको व्यबहार देख्दा कांग्रेससँग तालमेल हुन अप्ठ्यारो रहेको उनले बताए ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया