NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

माधव–झलनाथप्रति ओलीको आक्रोश : एमालेले लगाइदिएको फुली फुकाल

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्टको खोल ओडेर आफू नेतृत्वको सरकार ढालेको आरोप लगाएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्न आइतबार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको गृहजिल्ला इलाममा पुगेका ओलीले एमालेको ब्याज खाएर फुर्ती नलगाउन एमाले छोडेका नेताहरूलाई चेतावनी दिएका छन् ।

केही दिनअघि आएको एमालेको बाकस खाली गराउने खनालको अभिव्यक्तिप्रति आक्रोश पाख्दै एमालेले टाँसेको फुली फुकाल्न ओलीले चेतावनी दिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र खनाललाई नक्कली एमालेको खोल ओढेका अवसरवादीको संज्ञा दिँदै उनले आक्रोश पाेखे ।

‘नक्कली एमाले बनेर केही अवसरवादीहरूले केही गर्न सकेनन् । मेरो नेतृत्वको सरकारले गरेका कामदेखि आत्तिएर सरकार ढाले । म तिनीहरूलाई चेतावनी दिन चाहन्छु’, ओलीले भने, ‘एमालेले टाँसेको जुँगा टाँसेर मेयर, सांसद, मन्त्री बन्न लाज लाग्दैन ? एमालेले लगाइदिएको फुली फुकाल्नु पर्छ कि पर्दैन ? लाजसरम पचेकाहरू एमालेबाट सांसद, मन्त्री बनेकाहरू एमालेको बाकस खाली गर्छु भन्दैछन् । कसको बाकट खाली हुन्छ बैशाख ३० कुरेर बसे हुन्छ ।’

उनले एकीकृत समाजवादीमा लागेका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षलगायत सबै जनालाई पार्टीमा फर्किन आग्रह गरेका छन् ।