निर्वाचन आयोगलाई ओलीको प्रश्न : सूर्य कहिल्यै हरियो हुन्छ ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको सहयोगी नबन्न निर्वाचन आयोगलाई चेतावनी दिएका छन् । चुनावी अभियानअन्तर्गत आइतबार इलामको फिक्कल बजारमा सम्बोधन गरेका ओलीले आयोग स्वतन्त्र हुन नसकेको आरोप लगाए ।
‘निष्पक्ष र स्वतन्त्र भएर काम गर्नुपर्ने निर्वाचन आयोगले कुनै दलको स्वार्थमा लाग्न मिल्छ ? कांग्रेसलाई फाइदा हुने हिसाबले चुनाव चिन्हको रङ हरियो बनाएको छ’, आयोगतर्फ प्रश्न तेस्र्याउँदै ओलीले भने, ‘रुखको रङ हरियो हुन्छ भन्दैमा सबै चिन्ह हरियो बनाउन मिल्छ ? सूर्य कहिल्यै हरियो हुन्छ ? आयोग कांग्रेसको सहयोग भएको छ । संविधानले दिएको भूमिकामा बस्न म आयोगलाई चेतावनी दिन्छु ।’
ओलीले गठबन्धनको झगडा मिलाउन आयोगले दुई दिन मनोनयन राखेको आरोप लगाएका छन् ।
‘मनोनयन दर्ता संसारभर एकदिन हुन्छ’, असन्तुष्टि पोख्दै उनले भने, ‘गठबन्धनको झगडा मिलाउन आयोगले दुईदिन मनोनयको समय राखेको छ । एकै दिन गर्नुपर्ने काम दुईदिन राख्न मिल्छ ? गठबन्धनको झगडा मिलाउने काम आयोगको हो ?’, उनले प्रश्न गरे ।
ओलीले कुनै एक दलको फाइदाका लागि आयोगले काम गरे आफुहरूलाई मान्य नहुने बताए ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया