एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान
काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको एक प्रतिनिधिमण्डल छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । ‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन पौडेल नेतृत्वको टोली सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल छन् ।
प्रतिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना हुने कार्यक्रममा भाग लिएर यही चैत १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको पौडेलका स्वकीय सचिव याम पाण्डेले जानकारी दिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया