एमालेमा आकर्षण ! पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर एमाले प्रवेश गर्दै
काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमालेमा प्रवेश गर्दै छन् ।
समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका सिंहको सिंगै दल र अभिनेत्री करिश्मा मानन्धरलगायत आज एमाले प्रवेश गर्ने कार्यक्रम रहेको नेता शेरबहादुर तामाङले जानकारी दिए । दिउँसो १ बजे केन्द्रीय कार्यलय थापाथलीमा अध्यक्ष केपी ओलीले सिंह र मानन्धरलाई पार्टी प्रवेश गराउने कार्यक्रम राखिएको छ ।
मानन्धर यसअघि फागुन २६ मा सांसद दवय नवराज सिलवाल र गंगा चौधरीको साथ लागेर ओलीलाई भेट्न बालकोट पुगेकी थिइन् ।
०७२ मा बाबुाराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टीको सदस्य रहेकी मानन्धर पछिल्लोसमय ओलीसँग हिमचिम बढाएकी थिइन् ।
गत भदौमा पनि कोमल ओलीलाई लिएर मानन्धर ओली निवास बालकोट पुगेकी थिइन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया