NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एमालेमा आकर्षण ! पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर एमाले प्रवेश गर्दै

काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमालेमा प्रवेश गर्दै छन् ।

समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका सिंहको सिंगै दल र अभिनेत्री करिश्मा मानन्धरलगायत आज एमाले प्रवेश गर्ने कार्यक्रम रहेको नेता शेरबहादुर तामाङले जानकारी दिए । दिउँसो १ बजे केन्द्रीय कार्यलय थापाथलीमा अध्यक्ष केपी ओलीले सिंह र मानन्धरलाई पार्टी प्रवेश गराउने कार्यक्रम राखिएको छ ।

मानन्धर यसअघि फागुन २६ मा सांसद दवय नवराज सिलवाल र गंगा चौधरीको साथ लागेर ओलीलाई भेट्न बालकोट पुगेकी थिइन् ।

०७२ मा बाबुाराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टीको सदस्य रहेकी मानन्धर पछिल्लोसमय ओलीसँग हिमचिम बढाएकी थिइन् ।

गत भदौमा पनि कोमल ओलीलाई लिएर मानन्धर ओली निवास बालकोट पुगेकी थिइन् ।