मन्त्रिपरिषद् हेरफेरबारे प्रचण्ड : हामीलाई हाम्रो हैसियत अनुसारका मन्त्रालय चाहिन्छ
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मन्त्रीहरूलाई फिर्ता बोलाउन सक्ने संकेत गरेका छन् ।
पार्टीको राजनैतिक तथा वैचारिक प्रक्षिणका लागि मंगलबार मधेस प्रदेश झरेका उनले माओवादीबाट मन्त्री बनेकालाई फिर्ता बोलाउने संकेत गरेका हुन् ।
‘मन्त्रिपरिषद्मा मन्त्री हेरफेरको कुरा चलेको त छ तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको छैन’, प्रेस सेन्टर मधेस प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना छ । केही नयाँ आउने सम्भावना पनि छ । मैले प्रधानमन्त्रीसँग भनिराखेको छु । सरकार बनाउन माओवादी पार्टीले जति त्याग गरेको छ, सोअनुसार माओवादीले मन्त्री पाएको छैन ।’
मन्त्रिपरिषद् हेरफेर हुने भयो भने आफूहरूको हैसियतअनुसार मन्त्रालय चाहिन्छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भनिसकेको प्रचण्डले बताए ।
‘जवाफमा उहाँले हुन्छ भन्नुभएको छ ’, उनले भने ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया