NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते
सर्वोच्चको आदेश :

‘मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्नू’

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गर्नुअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्चले आज अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट परेको थियो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगलगायतका निकायलाई विपक्षी बनाएर रिट दिएका थिए ।

सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले आज जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने आदेश दिएको हो । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिताको सो व्यवस्था तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष