NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एमाले केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार कार्की ब्यांकेट, बबरमहलमा बिहान ११ बजे बस्नेगरी बैठक तय भएको छ ।

स्थानीय तह निर्वाचन बैठकको मुख्य एजेण्डा हुने बताइएको छ । स्थानीय तह निर्वाचन आगामी वैशाख ३१ हुँदैछ । बैठकले उम्मेदवार घोषणाको मापदण्ड, चनावी घोषणापत्रलगायत विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने कार्यसूची छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पेश गर्ने प्रतिवेदनबारे पनि छलफल हुनेछ । दुई दिनसम्म चल्ने बैठकमा सातै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् ।