संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति बदर गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
संवैधानिक आयोगमा भएको नियुक्तिविरुद्ध परेको रिटमाथि आज सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सर्वोच्चको आदेशसँगै ओली सरकारले नियुक्त गरेका संवैधानिक आयोगका पदाधीकारीले निरन्तरता पाएका छन् ।
अधिवक्ताहरू गणेश रेग्मी र दीपकविक्रम मिश्रले सर्वोच्चमा रिट हालेका थिए ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया