NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

चैतभित्र उम्मेदवार सिफारिस गर्न ओलीको निर्देशन, विभागको सचिव छान्ने जिम्मा सचिवालयलाई

काठमाडौं । नेकपा (एमाले)ले चैत मसान्तभित्र स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मतहतका कमिटीलाई निर्देशन दिएको छ ।

दुई दिनदेखि काठमाडौंमा जारी केन्द्रीय कमिटीले बैशाख ३० मा हुने स्थानीय चुनावका लागि ढिलोमा चैत मशान्तसम्मको समयसीमा तोकेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार २२ वटा विभागको सचिव नियुक्त गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ । यसअघि विभागका इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी तोके पनि सचिव पद रिक्त रहेको थियो ।

एमालेले ६ महानगर र ११ उपमहानगरको उम्मेदवार केन्द्रीय कमिटीले छान्ने निर्णय गरिसकेको छ ।

त्यस्तै नगरपालिका र गाउँपालिकाको उम्मेदवार प्रदेश कमिटी र वडाध्यक्ष र सदस्य जिल्ला कमिटीले छनोट गर्ने निर्णय गरेको थियो ।