NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

लालबाबु पण्डित विराटनगर महानगरपालिकाको मेयर उम्मेदवार !

काठमाडौं । मर्यादाक्रम तल भए पनि पर्याप्त बजेट परिचालन गर्ने अवसरका कारण संघ र प्रदेशका सांसदहरूसमेत स्थानीय तहको प्रमुखमा चुनाव लड्ने तयारी छन । विराटनगर महानगरको प्रमुखमा केन्द्रीय नेता र मन्त्री भइसकेकाले नै आकांक्षा देखाएका छन् ।

त्यसमध्येका एक हुन्, लालबाबु पण्डित । उनले आसन्न स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिन आकांक्षा देखाएको आजको कान्तिपुर दैनिकमा खबर छ । कान्तिपुरका अनुसार, एमालेका नेता तथा प्रदेशका पूर्वमन्त्री जीवन घिमिरे, केन्द्रीय सदस्य गुरु बरालले पनि मेयरमा उम्मेदवारी दिने मनस्थिति बनाएका छन् ।

त्यसो त कांग्रेसकै केन्द्रीय राजनीतिमा स्थापित अनुहारले पनि मेयरमा उम्मेदवारी दिने तयारी अघि बढाएका छन् । समाचारअनुसार कांग्रेस नेत्री डिला संग्रौला मेयरकी आकांक्षी छन् । यसबाहेक भीम पराजुली र अमृत अर्यालले पनि मेयर बन्ने चाहना पालेका छन् ।