गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण कार्यवाहक प्रधानमन्त्री तोकिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा जाँदा खाँण कार्यवाहक प्रधानमन्त्री तोकिएका हुन् ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा रहेकोले उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य प्रधानमन्त्रीको सिफारिस अनुसार गृहमन्त्री खाँणले सम्हाल्ने गरी तोकिएको जनाएको छ ।
देउवा नेतृत्वको सरकारमा कुनै पनि उपप्रधानमन्त्री तोकिएका थिएनन् । यसैले प्रधानमन्त्री देउवापछि पहिलो वरियतामा रहेका खाँणलाई देउवाले कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् ।
खाणपछिको वरियतमाा सञ्चार तथा सूचना प्रविधि एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीको वरियता छ । त्यसपछि उर्जामन्त्री पम्फा भुसालको नाम वरियतामा छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया