स्थानीय तहको उम्मेदवारका लागि विवेकशीलले खुलायो आवेदन

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि विवेकशील साझा पार्टीले उम्मेदवारको खोजी थालेको छ । त्यसका लागि उसले आवेदन नै आह्वान गरेको छ ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देशैभरि राम्रा उम्मेदवारको खोजी सुरु गरेको बताएका छन् । उनले स्थानीय चुनावमा देशैभरि विवेकशीला साझाका सहित बाहिरका पनि इमानदार र सक्षम व्यक्तिहरूलाई पार्टीको चुनाव चिह्न लिएर उम्मेदवार बन्न आह्वान गरेका छन् ।
विवेकशील साझा पार्टीको उम्मेदवार बन्न इच्छुक व्यक्तिले अनलाइन आवेदन भर्न सक्नेछन् । प्रदेश संयोजक र इञ्चार्जलाई टेलिफोन सम्पर्क गरेर पनि उम्मेदवारबारे जानकारी दिन सक्ने सो पार्टीले जनाएको छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया